मंसिर १७,निजगढ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको नेपोभिट टायल्स कम्पनीमा भिषण आगलागी भएको छ ।आगलागीबाट २० करोड भन्दा बढीको क्षती भएको कम्पनीको दाबी छ ।
सोही कम्पनीमा कार्यरत कर्मचारीका अनुसार आइतबार अपरान्ह साँढे ३ बजे कम्पनीमा आगो लागेको हो ।आगो लागेको खबर प्राप्त भएको केही मिनेटमै जीतपुरसिमरा उपमहानगरको बारुणयन्त्र घट्ना स्थल पुगेको थियो ।
उपमहानगरको बारुणयन्त्रले आगो नियन्त्रण नभएपछि थप चार बारुण यन्त्रको सहायतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जीतपुरसिमरा र कलैया उपमहानगरको १÷१ ,बीरगञ्ज महानगरको २ र नेपाल प्रहरीको १ गरि ५ बारुणयन्त्र र नेपाल प्रहरी, सशस्त्र प्रहरी र सोही कम्पनीमा कार्यरत कर्मचारीहरुको लगातार ३ घण्टाको प्रयास पछि आगो नियन्त्रणमा आएको हो ।
बिद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । आगलागीबाट खालि कार्टुन, टायल्स र केही मेसिनसहितका सरसमान जलेर नष्ट भएको छ ।






