माघ १०,निजगढ। बाराको निजगढ नगरपालिका वडा नं. १० लालमा माघ १८ गतेबाट दोस्रो ल्होछार कप फुटबल प्रतियोगीता हुने भएको छ ।
योङ स्टार युनाईटेड क्लबको आयोजनामा हुने प्रतियोगिताको विजेता टिमले एक लाख १० हजार र उपविजेता टिमले ५५ हजार प्राप्त गर्नेछ ।
प्रतियोगिता सञ्चालनबारे आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका सल्लाहकार कुमार मुक्तानले १२ लाख अनुमानित् बजेटमा प्रतियोगिता सञ्चालन गर्न लागिएको जानकारी गराएका छन् ।
प्रतियोगिता आयोजना गर्न नगरपालिका कार्यालय, वडा कार्यालयसहित विभिन्न चन्दादाताबाट रकम संकलन गरेर स्रोत जुटाईने उनले बताए।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट गोल रक्षकलाई तीन हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने प्रत्येक दिनका म्यान अफ द म्याचलाई नगद एक हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष अशोक लामाले बताए ।
प्रतियोगिताको पहिलो संस्करणको उपाधि निजगढ ५ को निजगढ सिटीले जितेको थियो भने निजगढ ४ को समाजसुधार युवा क्लब उपविजेता बनेको थियो ।
पहिलो संस्करणमा २२ टिमको सहभागिता रहेको थियो। यो पटक भने १६ टिमलाई सहभागि गराईने भएको छ ।
प्रतियोगीतामा सलार्हीको दुई, मकवानपुरको तीन,पर्साको वीरगञ्ज युनाईटेड तथा बाँकी बारा निजगढका टिमको सहभागिता रहने छ ।

प्रतियोगिता सञ्चालन गर्न व्यवस्थापन समिति गठन गरिएको छ । प्रतियोगितालाई तामाङ समुदायको पहिचानका रुपमा रहेको ल्होछार पर्वको उत्सवका रुपमा विकास गर्ने लक्ष्य रहेको क्लबका पूर्व अध्यक्ष शिद्धार्थ लोप्चनले जानकारी दिए ।
नेपाल तामाङ घेदुङ संघ बारा जिल्ला समन्वय समितिका अध्यक्ष सुर्य घलानले संघले गर्नुपर्ने काम क्लबले गरिरहेको भन्दै प्रशंसा गरे । निजगढ वडा नं. १३ का वडा अध्यक्ष समेत रहेका घलानले प्रतियोगिता सफल पार्न सबै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।फरक नेपालको सहयोगबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय