माघ १०,निजगढ ।बाराको निजगढ नगरपालिका वडा नम्बर ४ की क्यान्सर पीडित शर्मिला माझीलाई युथ अफ निजगढले आर्थिक सहयोग गरेको छ ।
क्यान्सर भएर केमीयो थेरापी गराईरहेकी २१ वर्षिया माझीको परिवारको आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या भएपछि क्लबले १० हजार १ सय रुपैया आर्थिक सहयोग गरेको हो ।
क्लबका अध्यक्ष कमल बजगाँइले क्यान्सर पीडित माझीकी ससुरा दिलबहादुर माझीलाई नगद सहयोग रकम हस्तान्तरण गरेका थिए । क्लबले आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या परेकाहरुलाई सहयोग गर्दै आइरहेको र सोही कार्यलाई निरन्तरता दिईएको अध्यक्ष बजगाँइले बताए।
निजगढ ४ का वडाअध्यक्ष बिशन सापकोटाले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएर उदाहरणीय कार्य गरेकोमा क्लबका पदाधिकारीलाई धन्यवाद दिए ।
कार्यक्रममा निजगढ नगर कार्यपालिका सदस्य मिना चौरेल, शहीद हिरालाल पार्क व्यवस्थापन समितिका अध्यक्ष रमेश अर्याल, स्थानीय समाजसेवीसहित, क्लबका पूर्व अध्यक्षहरु जनक श्रेष्ठ, राजन श्रेष्ठ, उत्सब श्रेष्ठ, सागर तामाङ, उषा लामा, महासचिव सन्तोष पौडेल, सचिव लक्ष्मी पाण्डे, सदस्यहरु रवि सापकोटा तथा मुक्ति सुवारलगायतको उपस्थिति थियो । निजगढ न्युजको सहयोगबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय