माघ १६,हेटौंडा ।संचालकको मनोमानीले लाखौं वचतकर्ताको अर्बौं रकम हिनामिना गरेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था हेटौंडा शाखाका कर्मचारीले पीडित बचतकर्तामाथी हातपात गरेकाछन्। सोमबार मध्यान्ह १२ बजे हेटौंडा उपमहानगरपालिका १० की पीडित बचतकर्ता उजिता सिंह कार्कीमाथी हेटौंडा शाखाका पूर्व सहायक प्रवन्धक सुदर्शन गुरुङ , कर्मचारी राधिका श्रेष्ठ तथा गुरुङकी आमा र अर्की अपरिचित एक महिलाले गाली गलौज गर्दै लछारपछार गरेको कार्कीका श्रीमान रामशरण कार्कीले समाचार क्लबलाई बताए।
‘हामी छिमेकी नै हौँ,सुदर्शनकै आग्रहमा विश्वस्त भएर हामिले रकम बचत गरेका हौँ,’कार्किले भने, ‘तर सोमबार गुरुङ कर्मचारी राधिकासँगै मोटरसाइकलमा आफ्नो घरछेउमा आको देखेपछी मेरि श्रीमतिले हाम्रो पैसा डुब्यो बाबु,के के भैराको छ ,पैसा फिर्ता हुन्छ की हुँदैन? भनेर प्रश्न गरीन्।’ कार्किले अगाडि भने, ‘त्यसपछि उनिहरु एक्कासि आवेशमा आएर तिमार्को पैसा पच्यो ,हाम्ले लेको के प्रमाण छ भन्दै उफ्रिन थालेपछि एकछिन् दुबैपक्षबिच भनाभन् भयो, केहिबेरपछि पुनःगुरुङले आफ्नी आमा र अर्को एकजना महिला ल्याएर मेरि श्रीमती माथी नानाभाँती गालिगलौज गर्दै लछारपछार गरे।’ रामशरणले भने।
कार्कीले उक्त सहकारीमा आफ्नो ४ लाख रुपैंयाभन्दा बढी रकम फसेको बताएकाछन्। उनि लगायत टोलका अन्य ब्यक्तीहरुको पनि गुरुङले म छु ढुक्क हुनुस् भन्दै बचत रकम संकलन गरेको बताए।
उनले आफ्नि श्रीमतिविरुद्द हातपात भएको भन्दै गुरुङविरुद्ध सोमबार नै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएको बताएका छन्। महिलामाथी हातपात भएको भन्दै गुरुङविरुद्ध ठाडो उजुरी परेको भएपनी अहिलेसम्म उनि पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
शिवशिखर पीडित संघर्ष समितिद्वारा भर्त्सना
शिवशिखर बहुउद्देश्यीय सहकारी पीडित बचतकर्ता संघर्ष समिति हेटौंडाले घटनाको निन्दा गरेको छ।समितिले मंगलबार प्रेस बिज्ञप्ति जारी गर्दै पीडित बचतकर्ता उजिता सिंह कार्कीलाई उक्त सहकारीका कर्मचारी सुदर्शन गुरुङ लगायत घरपरिवारका सदस्यहरुले सोमबार कुटपिट गरेकोले समितिको गम्भीर ध्यानाकर्षण भएको भन्दै आवश्यक कार्वाहीका लागि सम्बन्धित निकायलाई अनुरोध गरिएको बिज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय