माघ२७,हेटौंडा ।मकवानपुरको मनहरी गाउँपालिकामा जारी पाँचौ मनहरी महोत्सवमा शुक्रबार चर्चित गायिका एलिना चौहान,चर्चित हाँस्य कलाकार दिनेश काफ्ले,दोहोरी गायिका चन्दा अर्याल लगायतले प्रस्तुती दिए।उनिहरुको प्रस्तुतिमा दर्शकहरुले भरपुर मनोरंजन लिए।
गायिका चौहानले आफ्ना चर्चित गीत ‘धोकेबाज हौ तिमी’, ‘मिनरल वाटर’, ‘कट्टा हान्दिन्छु’ लगायतका चर्चित गीतहरु गाईन्।त्यस्तै मकवानपुरे गायिका चन्दा अर्यालले पनि आफ्ना चर्चित गीतहरु सुनाईन्।अर्यालले ‘खान्न म त पिँडालु, ‘स्याउ ल्याईदिउँ की केरा’ जस्ता चर्चित गीतहरु गायकी थिईन्।गायिका द्वयको प्रस्तुतिमा दर्शकहरु उफ्री उफ्री नाचेका थिए।

लोकदोहोरी गायिका चन्दा अर्याल।

कार्यक्रममा चर्चित हाँस्य कलाकार दिनेश काफ्लेको प्रस्तुती पनि विशेष रह्यो।उनको प्रस्तुतिमा दर्शकहरु पेट मिचिमिची हाँसेका थिए।काफ्लेले विभिन्न कलाकार तथा व्यक्तित्वहरुको क्यारिकेचर गरेर दर्शक हँसाएका थिए।उनी अहिलेका जल्दाबल्दा हाँस्य कलाकार हुन्।

हाँस्य कलाकार दिनेश काफ्ले आफ्नो प्रस्तुती दिँदै।

चौहान, अर्याल, काफ्लेका अलावा शितल कल्पना, रश्मिता सेन्चुरी, ऋतु कँडेलसहित आस्था कला केन्द्रका कलाकारहरुले पनि आफ्ना कला प्रस्तुत गरेका थिए ।

कलाकारहरुको प्रस्तुतिमा रमाउँदै दर्शकहरु।

यसैबीच राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान मकवानपुरले आयोजना गरेको लाइभ दोहोरी गीत प्रतियोगितामा दोहोरी प्रतिष्ठान चितवन (क) ले बिजय हासिल गरेको छ । बिजयी भएसँगै उसले नगद २० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी उप बिजेता दिपेन्द्र पुनको समूह भएको छ भने तृत्तीय स्थानमा बिनोद अर्याल समूह पुगेको छ । सान्त्वना पुरस्कार दोहोरी प्रतिष्ठान चितवन (ख) ले प्राप्त गरेको छ । उत्कृष्ट गायक बिशाल सुनार घोषित भए।उत्कृष्ट गायिका भावना शाही घोषित भैन्।

पुरस्कार ग्रहण गर्दै विजेता लोकदोहोरी समूह।

मेलामा आज कलाकारहरु मार्मिक लामा, संजीव सिं वाइबा, अन्जु थोकर, लक्ष्मी लामा, रविनकुमार चेपाङ, बालिका तामाङ, गोविन्द बर्ताैला लगायतको प्रस्तुत रहने बताइएको छ ।महोत्सव भोली आइतबारसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय