फागुन४,हेटौंडा। दृष्टिविहीन गायिका मेनुका पौडेलले पहिलोपटक लाइभ कन्सर्ट गर्ने भएकी छन्। तपस्या इन्टरटेनमेन्टको आयोजनामा फागुन १८ गतेदेखि चैत्र १६ गतेसम्म काठमाडौं, चितवन, पोखरा र इटहरीमा उनको सांगीतिक कार्यक्रम हुन लागेको हो। काठमाडौंबाट लाइभ कन्सर्ट सुरू हुने उनको आर्टिस्ट म्यानेजर माईपे इभेन्ट्सले जनाएको छ।
आगामी १८ गते काठमाडौंको क्लब प्लाटिनममा साँझ ७ बजेदेखि कार्यक्रम सुरू हुनेछ। हाल साधारण टिकटको दर १००० र विशिष्ट टिकटको दर १५०० राखिएको छ। उनको सम्पूर्ण कार्यक्रमको टिकट अनलाइनबाटै माईपे डिजिटल वालेटबाट लिन सकिन्छ।
नेपाल आइडल हुँदै भारतीय गायन रियालिटी शो सारेगमपमा भाग लिएकी मेनुका इन्डियन आइडलमा पुगेपछि थप चर्चामा आएकी थिइन्। उनी इन्डियन आइडलको टप १० सम्म पुगेर बाहिरिएकी हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय