फागुन ११,निजगढ। बाराको निजगढ बजारमा नक्कली नोट दिएर माछा किन्न खोज्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
बारागढी गाउँपालिका वडा नं. २ दौरवा टोलका ३४ वर्षिय दिपेन्द्र माझीले एकहजार नेपाली नक्कली नोट दिएर हाट बजारबाट माछा किनेका थिए ।
माझीले दिएको नोट नक्कली भएको पत्तो पाएपछि माछा व्यापारीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । ईलाका प्रहरी कार्यालय निजगढको टोलीले पक्राउ गरेर खानतलासी गर्दा माझीको साथबाट थप एक हजार रुपैँयाको नक्कली नोट फेला परेको प्र्रहरीले जनाएको छ।
पक्राउ परेका माझीमाथि मुद्रा सम्बन्धि कसुरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ ।
माझी निजगढमा घर निर्माण मजदुर भएको खुलेको छ । उनले ठेकेदारबाट पारिश्रमिक बापत पाएको नोट नक्कली परेको बयान दिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय