फागुन १४, हेटौंडा । नेपालका चर्चित वरिष्ठ गायक तथा संगीतकार भजन शिरोमणी भक्तराज आचार्य र भारतीय गजल गायक पंकज उदासको  एकै दिन निधन भएको छ
भजन शिरोमणि आचार्यको ८२ र उदासको ७३ वर्षको उमेरमा सोमबार निधन भएको हो।
आचार्यको सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो। आचार्य बिगत ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेका जानकारहरुले बताएकाछन्।
आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी छ ।
१९९९ सालमा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम संगीतमा विशिष्ट स्थान छ । उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् । आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बनि, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् । उनले भजन पनि दर्जनौंको संख्यामा गाएका छन् । आफ्नो जीवनकालमा आचार्यले झण्डै ४ सय गीतमा स्वर तथा संगीत दिएका छन् । आचार्यको निधनप्रति संगीतकर्मी, सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
त्यस्तै भारतीय गजल गायक पंकज उदासको पनि सोमबार बिहान ११ बजे मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको हो । उनलाई केही महिनाअघि क्यान्सर भएको थियो । उदासले जिए तो जिए कैसे,ना कजरे की धार,चिठी आई हे,घुंघटको मत खोल लगायतका थुप्रै चर्चित गजलहरु गाएका छन्

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय