फागुन२२, बारा । मोरङको पथरी शनिश्चरेमा एक किशोरीको विभत्स हत्यामा संग्लन रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–४ घर भई बाराको सिमरा बस्दै आएका ३८ वर्षीय धीरेन चौधरी छन् ।
पथरी शनिश्चरे नगरपालिका– ७ लामा टोल बस्दै आएकी १५ वर्षीया सम्झना भनिने ज्ञानमती थुलुङ राईको सोमबार राति करिब साढे १० बजेतिर शौचालय जान घरबाहिर निस्किएको बेला धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
हत्यामा संलग्न रहेको आरोपमा चौधरीलाई राति करिब साढे २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।
खोटाङको ऐंसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी किशोरीका बुबा छैनन् । दुई वर्षअघि मामाका छोरा दाजु विनोद राईको घरमा बसेर पढ्न पथरी आएकी थिइन् । उनी पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने उनले बाँकी समय दाजुको घरमै भएको पसलमा काम सघाउँदै आएकी थिइन् ।
प्रहरीका अनुसार घर पछाडिको आँगनमा खुकुरी प्रहार भएपछि बालिका चिच्याएकी थिइन् । त्यो सुनेर बाहिर आएका परिवारका सदस्यले उनी आँगनमा छटपटाइरहको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
हत्या अभियोगमा पक्राउ परेका धीरेन भने बारा सिमराका हुन् । प्रहरी उपरीक्षक कार्कीका अनुसार उनी वैदेशिक रोजगारीका लागि कुवेत गएका थिए भने उनकी श्रीमती पनि वैदेशिक रोजगारीका क्रममा कतारमा छिन् ।
पछिल्लो समय श्रीमतीसँग राम्रो सम्बन्ध नभएका धीरेनले सम्झनासँग इमोमार्फत चिनजान भएको दाबी गरेका छन् । करिब एक वर्षअघि नेपाल फर्किएका धीरेनले १३ असारमा सम्झनालाई भगाएर लैजाने प्रयार गरेका थिए ।
विराटनगर रानी बोर्डर हुँदै भारत जाँदै गर्दा मानव बेचबिखनविरुद्ध काम गर्ने संस्था ‘सुनौला हातहरु’का प्रतिनिधिले दुबैलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझायो ।
प्रहरीले दुबैलाई कागज गरेर परिवारको जिम्मा लगायो । परिवारका सदस्यले सम्झनालाई पनि धीरेनबाट टाढा रहन सम्झाए । धीरेनलाई पनि फोन गरेर पिछा नगर्न भनेका थिए, तर उनी रोकिएनन् । सम्झनाको नाममा फेसबुक, इस्टाग्राम र इमो खोलेर जथाभावी पोष्ट गर्न थाले । परिवारका सदस्यलाई पनि आपत्तिजनक तस्वीरहरु पठाएर तनाव दिए ।
सोमबार बाराको जितपुर सिमराबाट पथरी पुगेका चौधरीले सम्झानाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार घर पछाडिको आगनमा खुकुरी प्रहार भएपछि बालिका चिच्याएकी थिइन् । त्यो सुनेर बाहिर आएका परिवारका सदस्यले उनी आँगनमा छटपटाइरहको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जुत्ताको डामले खुल्यो कारण

हत्याको सूचनापछि राति ११ बजे प्रहरी उपरीक्षक कार्कीसहितको टोली घटनास्थल पुगेको थियो । परिवारका सदस्यहरुसँग सोधपुछ गर्दा असारमा धीरेनले लिएर गएको बताए । लगतै प्रहरीले सम्भावित नाकामा कडाइ ग¥यो, घरमा टोली पठायो । तर धीरेन तीन महिनादेखि गएका थिएनन् ।

प्रहरी गस्तीमै थियो, राति साढे २ बजेतिर पूर्वपश्चिम राजमार्गको भाउन्ने चोकमा सडक किनारमा एक व्यक्ति हिँडिरहेका देखिए । प्रहरी देखेपछि उनी जंगलतर्फ भागे । प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा बिर्तामोडबाट फर्किएको बताए । प्रहरीले उनी नै घटनामा संलग्न अभियुक्त हुनसक्छ भनेर शंका गरेको थिएन, तर स्पष्ट जवाफ नदिएका कारण नियन्त्रणमा लियो ।
सम्झनाको हत्याको अनुसन्धान गरिरहेको टोलीले भने घटनास्थल क्षेत्रमा तरकारी रोप्न तयार गरिएको बारीमा जुत्ताको डाम देख्यो । चौधरीले लगाएको जुत्ता र घटनास्थलमा डाम देखिएको जुत्ता ठ्याक्कै मिल्यो ।
त्यसपछि धीरेनले मृतक आफ्नो पे्रमिका भएको स्वीकार गरे । केरकार गर्दा हत्या आफैंले गरेको बयान दिए ।
‘घटना घटाउँदा लगाएको कपडा पनि फेरेर हिँडेको देखिन्छ’, प्रहरी उपरीक्षक कार्कीले भने, ‘लगाएको जुत्ता र घटनास्थल छेउको जुत्ताको डाम मिल्यो, कनेक्सन केलाउँदै जादा उसैले गरेको देखियो ।’ उनका अनुसार बालिकालाई बोलाएर हत्या गरेको हो वा शौचालय जाँदा ढुकेर हत्या गरेको हो भन्ने स्पष्ट खुलेको छैन ।अनलाईनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय