फागुन २८,निजगढ। बाराको निजगढ नगरपालिका–६ स्थित रामजानकी चोकमा आगलागी हुँदा २ गोठ जलेर नष्ट भएको छ । सोमबार बिहान रामहरी तिमल्सिना र ध्रुव तिमल्सिनाको गोठमा आगलागी भएको हो।
रामहरीको गोठमा बस्तुलाई खोले पकाउन बालेको आगो सल्किँदा दुबै गोठ जलेर पुर्णरुपमा नष्ट भएको हो । रामहरी र ध्रुवकोे घरगोठ संगै रहेको छ ।उनीहरुको गोठमा राखिएको सम्पूर्ण सामग्री जलेर नष्ट समेत भएको छ ।
ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक घनश्याम श्रेष्ठ र सशस्त्र प्रहरी बेसक्याम्प निजगढका सशस्त्र प्रहरी नायव उपरिक्षक दिनेश शर्माको कमाण्डमा गएको प्रहरी टोली, निजगढ तथा कोल्हवी नगरपालिकाको दमकल र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।
बिहान साँढे ८ बजेतिर लागेको आगो एकघण्टापछि नियन्त्रणमा लिईएको थियो । आगलागीबाट करिब सात लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय