बैशाख ५,हेटौंडा।मकवानपुरको पदमपोखरी स्थित पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती ईलाकाबाट १ सय ३० किलो अवैध गाँजासहित ७ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा एकजना नाबालक पनि छन्।
मंगलबार दिउँसो साँढे २ बजेको समयमा राक्सिराङ ३ बस्ने बर्ष १९ का टिकाराम प्रजा, कैलाश गाउँपालिका ४ बस्ने बर्ष २८ का बमबहादुर चेपाङ,सोही ठाउँ बस्ने बर्ष २७ का हरिकुमार प्रजा, बर्ष २७ का बीरमान प्रजा,मनहरी गाउँपालिका ३हाँडि खोला बस्ने बर्ष ४४का रामहरी लुईंटेल र मनहरी ५ बस्ने बर्ष ३६ का दिपक थापा मगर र एकजना नाबालक १ सय ३० किलो १ सय ५० ग्राम गाँजासहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन्।
उनिहरुले बोरामा प्याक गरिएको गाँजा निकुञ्जको मध्यवर्ति सामुदायीक बनको बाटो हुँदै पर्सा जिल्लातर्फ लगिरहेको अवस्थामा निकुञ्ज लामिटारबाट खटिएका कर्मचारी र सोही निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको संयुक्त टोलिले नियन्त्रणमा लिएर प्रहरीलाई जानकारी गराएको प्रवक्ता भण्डारीले बताए।
पक्राउ परेकाहरुमाथी थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ।



