बैशाख ६,हेटौंडा । महोत्तरीको मनरासिसवाकी २२ वर्षिया युवती प्रियंका महत्तो जनकपुरमा जलिरहेको अवस्थामा मृत भेटिएकी छिन्। गएराती करिब ९ बजे जनकपुर उपमहानगरपालिका-१६ स्थित कपिलेश्वरको पोखरी छेउमा जलिरहेको अवस्थामा महत्तोको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए।
उनका अनुसार जलिरहेकी महत्तोको छेउमा ८ महिनाकी नाबालिका पनि घाईते अवस्थामा फेला परेकी थिईन्। जिवितै उद्वार गरिएकी नाबालिकाको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता अवाले बताए।
घटनासम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।



