बैशाख ९,निजगढ।बाराको निजगढका हात्तिपीडित केरा किसानहरुले राज्यसँग क्षतिपूर्तिको माग गरेका छन्।उनिहरुले कोल्हवी नगरपालिका-२स्थित भलुवाईखोरमा ६ बिगाहा क्षेत्रफलमा लगाएको केराखेती जंगली हात्तीले नष्ट गर्न थालेपछि राज्यले क्षतिपूर्ति र हात्ती नियन्त्रणमा पहल गर्नुपर्ने बताएका हुन्। उनिहरुले राहतका लागि सम्बन्धित निकाय समक्ष सिफारिस गरिदिन भन्दै वडा कार्यालय बगेवामा निवेदन पनि दिएका छन्।`हामिले खेतिकिसानी गरेर पनि राज्यलाई कर तिरिरहेका छौँ,राज्यले पनि हामलाई संकट पर्दा हेर्नू पर्छ नि।´उनिहरुको सामुहिक धारणा छ।
`हामिजस्ता युवाहरु देशमै बसेर केही गर्न सकिन्छ कि भनेर कृषि पेशामा होमिएका छौँ,तर बाली तयार हुने बेलामा हात्तिले दुख दिन्छ।´ मृनाल कृषि फार्म खोली केराखेती गर्दै आईरहेका दिनेशप्रसाद चौलागाईं भन्छन्।

जग्गाधनीलाई प्रतीकट्ठा ३ हजार ५ शय रुपैयाँ भाडा तिरेर खेती गरिरहेका उनिहरुले हात्तिले नोक्सान गर्दै गयो भने भाडा तिर्न र आफ्नो गुजारा चलाउन समेत हम्मे हम्मे पर्ने बताउँछन्।
उनिहरुले यसै क्षेत्रबाट संघमा प्रतिनिधित्व गर्ने सांसद अच्युत मैनालीलाई पनि समस्याको बारे जानकारी गराएको बताएका छन्।
`अहिले कृषि मन्त्री(ज्वाला साह)पनि हाम्रै क्षेत्रबाट बन्नुभाको छ,अब हेरौं मन्त्रीज्युले पनि हामी किसानहरुको मर्का पक्कै बुझ्नुहुन्छ होला।´चौलागाईं आशावादी बन्छन्।

हप्तादिन अघिदेखी जंगली हात्तिको बथान नै पसि केराखेतीमा नोक्सान पुर्याईरहेको उनले बताए। हात्तिले अहिलेसम्म चौलागाईंलगायत झलकबहादुर राई र केशव खुलालले लगाएको २ हजार भन्दा बढी केराको बोट नष्ट गर्दा करीब ७ लाख रुपैयाँ बराबरको नोक्सान भएको चौलागाईंले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय