बैशाख २९,हेटौंडा। पर्साको सखुवा प्रसौनी गाँउपालिका-१ औराहामा मान्छेलाई आक्रमण गर्ने बाघलाई स्थानीयले मारेका छन्। शनिबार अपरान्ह बाघले आक्रमण गरि स्थानीय ३६ वर्षीय भीमबली महतो थारुलाई गम्भीर घाइते बनाएको थियो।
महतोलाई आक्रमण गर्ने बाघलाई पनि स्थानीयले मारेको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शनिबार अपरान्ह ५ बजेतिर महतो घर नजिकैको मकैबारीमा गएका बेला बाघको आक्रमणमा परेका थिए। मकैबारी नजिकैको खोल्सामा महतोलाई बाघले आक्रमण गर्दै घिसारेपछि नजिकै रहेका मानिसहरुले होहल्ला गरेपछि बाघले महतोलाई छाडेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले बतायो।
उक्त बाघलाई गाउँलेहरुले घेरा हालेर वञ्चरो, भाला र लठ्ठीले हानेर मारिदिएको प्रहरीले जनाको छ।



