जेठ ५,हेटौंडा ।कार दूर्घटनामा घाईते भएकाहरुको पहिचान खुलेको छ। आज बिहान साँढे ७ बजे मकवानपुरको बकैया गाउँपालिका-१२ अन्तर्गत कान्तिलोकपथ सडक खण्डको चौतारा भन्ने स्थानमा कार भीरबाट खस्दा कारमा सवार ३ जना गम्भीर घाईते भएका थिए।
घाईते हुनेहरुमा बाराको निजगढ नगरपालिका -६ का ३० वर्षिय सन्दिप साह, रौतहटको मौलापुर नगरपालिका-६ का वर्ष १७ का विवेक साह र मकवानपुरको भिमफेदी गाउँपालिका-८ बस्ने बर्ष ६५ का प्रेमबहादुर ब्लोन छन्। घाईते तीनै जनाको टाउको र शरिरको बिभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको टाटा कार आँफै अनियन्त्रित भई करिब ५ सय मीटर तल खसेको थियो।
घाईतेहरुलाई उपचारार्थ एम्बुलेन्समा राखी हेटौंडातर्फ ल्याईएको प्रवक्ता भण्डारीले बताए।



