जेठ ६,हेटौंडा ।मकवानपुर प्रहरीले मोटरसाइकल चोरीमा संलग्न ६ जनालाई मोटरसाइकलसहित पक्राउ गरि सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका-१५ बस्ने २० वर्षिय मिलन पाख्रीन,वडा नम्बर १६ का ३० वर्षिय रत्नबहादुर गोले,वडा नम्बर १९ का अशोक स्याङ्तान,बकैया गाउँपालिका-८ का १९ वर्षिय संजीव भोलन,सोही ठाउँका ३३ वर्षिय रमेश लोप्चन र ईन्द्रसरोवर गाउँपालिका-५ का २९ वर्षिय सुवास बोम्जन छन्। प्रहरीले उनिहरुको साथबाट मोटरसाइकल चोरी गर्न प्रयोग गर्ने मास्टर कि समेत बरामद गरेको छ।

प्रहरीले बरामद गरेको `मास्टर कि´।

प्रहरीले उनिहरुलाई बिभिन्न मितिमा चोरी भएका मोटरसाईकलहरुको खोजतलास एवं चोरी नियन्त्रण गर्ने कार्यमा जिल्ला प्रहरी मातहत कार्यालयहरुबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार उनिहरु चोरी गरेको मोटरसाइकलको नम्बर तथा पार्टपुर्जा समेत फेरबदल गरि स्वरुप परिवर्तन गर्ने तथा बेचबिखन गर्ने कार्यमा संलग्न रहेको पाईएको छ।

बरामद चोरिका मोटरसाइकलहरु।

पक्राउ परेकाहरुलाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट ८ दिनको म्याद अनुमति लिई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले अन्य चोरी भई आएका मोटरसाइकलहरु बा.प्र.०२-०३८ प ७५८१ नं.को NS र बा.प्र.०२-०३३ प ६०२० नं.Duke समेत जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान कार्य गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय