जेठ १९,सिंगौल।गोदार थापा सेवा समाज बारा जिल्ला कार्यसमितिको दोश्रो भेला निजगढ नगरपालिका-२ सिंगौलमा सम्पन्न भएको छ। समाजका केन्द्रिय सदस्य पुस्कर गोदार थापाको प्रमुख आतिथ्यता तथा जिल्ला कार्यसमिति अध्यक्ष धनबहादुर थापाको अध्यक्षतामा शनिबार सम्पन्न भेलाले विविध निर्णय पनि गरेको छ।
भेलाले गोदार थापा वंशावली सम्बन्धि २०८२ सालको क्यालेन्डर प्रकाशन गर्ने निर्णय गरेको छ।साथै भेलाले बारा जिल्ला स्तरिय गोदार थापाको वंशावली तयार पारी जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता गरि संचालन गर्ने समेत निर्णय गरेको छ । त्यस्तै भेलाले जिल्लामा छुटपुट रुपमा रहेका गोदार थापा हरुको पहिचान गरि कार्यसमितिमा थप गर्ने पनि निर्णय गरेको छ।

समाजका केन्द्रिय सदस्य पुष्कर गोदार।

अधिवक्ता समेत रहेका केन्द्रिय सदस्य थापाले वंशावलीको उत्थानका निमित्त सेवा समाज गठन भएको जनाए।उनले सेवा समाज पूर्णरूपमा नाफरहित संस्था भएको बताए।
उनका अनुसार केही हिमाली जिल्ला बाहेक देशैभर समाजको जिल्ला कार्यसमिति गठन भएको छ।
भेलामा उपस्थित गोदार बन्धुहरुलाई सेवा समाज काभ्रेले वंशावली सम्बन्धि तयार पारेको क्यालेन्डर वितरण गरिएको थियो।कार्यक्रममा करनबहादुर थापा,जेष्ठ सदस्य रत्नबहादुर थापा,स्थानिय अगुवा सिद्धबहादुर थापा लगायतका गोदार थापाहरु सहभागी थिए।
बारा जिल्लामा २०८० सालको कुशे औंसीका दिन धनबहादुर थापाको अध्यक्षतामा गोदार थापा सेवा समाज जिल्ला कार्यसमिति गठन भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय