जेठ २९,सिंगौल।बाराको निजगढ नगरपालिका २ नम्बर वडा कार्यालयले वडावासीहरुका लागी भोली ३१ गते राष्ट्रिय परिचयपत्र बनाउने कार्यक्रम संचालन गर्ने भएको छ। वडा कार्यालयले एक सूचना जारी गर्दै वडाका सेवाग्राहीहरुलाई उक्त जानकारी गराएको हो।
सूचनामा बिहीवार बिहान १० देखि अपरान्ह ५ बजेसम्म कार्यक्रम संचालन गरिने जनाईएको छ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरुलाई राष्ट्रिय परिचयपत्र अनिवार्य भएकाले उनिहरुलाई प्राथमिकताका मा राखिएको पनि सूचनामा उल्लेख छ।
सरकारले नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको विद्युतीय चिप्स र सुरक्षणसहितको स्मार्ट प्रविधिमा आधारित राष्ट्रिय पहिचानको बहुपयोगी प्रमाणपत्र नै राष्ट्रिय परिचयपत्र भएको जनाएको छ।
यो लागु भएपछि राज्यबाट प्रदान गरिने कुनैपनि सेवा सुविधा प्राप्त गर्न वा त्यस्तो सेवासुविधाको माग गर्दा परिचयपत्र पेश गर्नुपर्छ । साथै यसलाई सार्वजनिक सेवा प्राप्तिको मुख्य आधार तथा व्यक्तिको पहिचानको प्रमाणको रुपमा मान्यता दिइने भएकोले राष्ट्रिय परिचयपत्र आवश्यक छ ।



