जेठ ३०,सिंगौल।बाराको निजगढ नगरपालिका-२ स्थित सिंगौलमा निर्माण भैरहेको ओभर हेड ट्यांकीको आज बुधबार शिलान्यास गरिएको छ।ट्यांकीको पूर्व खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका नेता उमाकान्त चौधरीले शिलान्यास गरेका हुन्।
कार्यक्रममा मधेश प्रदेशसभा सदस्य मिना लामा,पूर्व निजगढ नगर प्रमुख सुरेश खनाल,वडा नम्बर दुईका कार्यवाहक अध्यक्ष पुष्कल खड्का लगायत स्थानीय जनप्रतिनिधि ,सिंगौल खानेपानी तथा उपभोक्ता समितिका सदस्यहरु तथा समाजसेविहरुको उपस्थिति रहेको अस्थायी प्रहरी पोष्ट सिंगौलका ईन्चार्ज प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद विडारीले जानकारी दिए।
नेपाल सरकारको करिब ८१ लाख रुपैयाँको लागतमा ट्यांकी निर्माण गरिन लागेको सिंगौल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष गोपालप्रसाद सापकोटाले जानकारी दिएका छन्।
जिल्ला डिभिजन खानेपानी बाराको ठेक्कामा यहि जेठ १८ गतेदेखी जग खनी ट्यांकी निर्माणकार्य शुरु गरिएको हो।
अस्थायी प्रहरी पोष्ट सिंगौल र दुई नम्बर वडा कार्यालयको बिचमा पर्ने सार्वजनिक जग्गामा ट्यांकी निर्माण भैरहेको छ।
२ लाख २५ हजार लिटर क्षमताको ट्यांकी निर्माण हुन लागेको ईन्जिनियर प्रमोद महाजनले बताए।
ट्यांकी निर्माणपछि वडा नम्बर २ र ३का करिब ३ सय घरधुरी प्रत्यक्षरुपमा लाभान्वित हुनेछन्।
ओभरहेड ट्यांकी बन्ने भएपछी स्थानियबासी खुसी भएका छ्न ।भौगोलिक तथा सामाजिक हिसाबले सुगम मानिने २ नम्बर वडामा शुद्द खानेपानीको भने चरम अभाव हुने गरेको छ।



