असार ३,हेटौंडा ।मकवानपुरमा चट्याङ लागी एक पुरुषको ज्यान गएको छ। सोमबार (आज) बिहान साँढे ४ बजे वर्षासँगै परेको चट्याङ लागी राक्सिराङ गाउँपालिका-२ थुम्की बस्ने ४५ वर्षिय बीरबहादुर प्रजाको ज्यान गएको हो।
प्रजा आफ्नै घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाईते भएका थिए।घाईते प्रजालाई हेटौंडा अस्पतालमा उपचारको क्रममा ७ बजेर ४८ मिनेट जाँदा चिकित्सकले मृत घोषणा गरेको मकवानपुर प्रहरीले जनाएको छ।
घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। मकवानपुरमा चट्याङका कारण बर्षेनी धनजनको क्षती हुनेगरेको छ।



