कार्तिक २७,हेटौंडा । मकवानपुरका शिक्षकमाथि गोली प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले सोमबार सर्लाहीको बागमती नगरपालिका–७ तुफानपुर घर भएका ३० वर्षिय पर्मानन्द भन्ने विजनन्दन ठाकुरलाई पक्राउ गरेको हो । उनलाई ५ दिन हिरासतमा राख्न सिन्धुली जिल्ला अदालतबाट अनुमति लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी अनिलकुमार खड्काले बताए ।

गत आइतबार दिउँसो साढे २ बजे सिन्धुली–सर्लाही सडकखण्डमा मकवानपुरको बकैया–३ स्थित बुद्ध माविका प्रधानाध्यपक प्रेमबहादुर बोम्जनमाथि गोली प्रहार भएको थियो ।

गालामा गोली लागेका बोम्जनको हाल काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनामा तीन जनाको संलग्नता रहेको शिक्षकको सूचनाका आधारमा प्रहरीले खोजी गर्दा ठाकुरलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय