मंसिर १८,बारा। विश्वप्रसिद्ध पञ्चवर्षिय गढिमाई मेलाका अवसरमा बाराका १६ ओटै पालिकाहरुले ४ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बाराको महागढिमाई नगरपालिकामा जारी गढिमाई मेला दर्शन र अवलोकनका लागी आँउदो मंसिर २१ देखि २४ गतेसम्म ४ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गत मंसिर २ गते बाराका १६ ओटै पालिका प्रमुख,उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सम्मीलित बैठकले स्थानिय चाडबाड बिदा अन्तर्गत अत्यावश्यक बाहेक सबै संघसंस्थालाई बिदा दिने निर्णय भएको थियो।

मंसिर १ देखी ३० गतेसम्म एक महिना चल्ने मेलाको सोमवार उपराष्ट्रपति रामसहायप्रसाद यादवले पुजा गरि विशेष शुभारम्भ गरेका छन्।

मेलामा १७ गते देखि २५ गतेसम्म परेवा उडाउने, २२ गते राती विशेष पुजा सम्पन्न गरि २३ गते रांगा तथा पाडा र २४ गते खसी,बोका तथा कुखुरा,हांस जस्ता पशुपंक्षी बलि दिईने कार्यक्रम छ।

यस्तै २३ देखि २५ गतेसम्म बच्चाहरुको कपाल काट्ने कार्यक्रम रहेको मेला व्यवस्थापन मूल समारोह समितिले जनाएको छ।

गढिमाई विश्वमै सबैभन्दा धेरै बलि दिईने मेलाका रुपमा प्रसिद्ध छ।
गढिमाईमा राँगा,खसिबोका,कुखुराको भाले,सुँगुर र मुसालाई पञ्चबलीको रुपमा बलि दिइने परम्परा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय