मंसिर १९,हेटौंडा। हेटौंडाका एक युवाको लडेर मृत्युु भएको छ। हेटौंडा-६ कल्यानटारका २८ वर्षिय उद्वव राईको आफ्नै घरको शौचालयबाट निस्कने क्रममा लडेर मृत्यु भएको हो।

मंगलवार करिव पौने ६ बजेको समयमा राई शौचालयबाट निस्कने क्रममा लडेर बेहोस भएका थिए।

उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मंगलवारै साँढे ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन्।

राईको शव सोही अस्पतालको शव गृहमा रहेको र घट्ना सम्बन्धमा अनुसन्धान भईरहेको प्रवक्ता अर्यालले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय