मंसिर २१,हेटौंडा। मकवानपुरको बकैया गाउँपालिकास्थित निर्माणाधिन तराई-मधेश काठमाडौ द्रुतमार्गमा ट्रिपर दूर्घटना हुँदा चालकको मृत्यु भएको छ।
शुक्रवार बिहान सवा ८ बजे गाउँपालिका-५ स्थित झाक्रीडाँडा नजिकै ट्रिपर आफैं अनियन्त्रित भै सडकबाट खोल्सामा खसेर चितवन घर भएका चालक अन्दाजी वर्ष ४० का सानु लो तामाङको मृत्यु भएको हो।
प्रहरीका अनुसार हात्तिसुँढेबाट द्रुतमार्गका लागी ग्रावेल लिई जादै गरेको ना८ख २४३० नम्बरको ट्रिपर आफै अनियन्त्रित भई सडक बाट अन्दाजी २५/३० मिटर तल खोल्सामा खसेको हो।

दुर्घटनाग्रस्त ट्रीपर।
चालक तामाङको सोही ट्रिपरले च्यापिएर दुर्घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।



