पुस१,निजगढ। बाराको निजगढ -५ मा आयोजित पाल्देन दोयाङ गुम्बा मेलाको अवसरमा संचालित एनएस लक्की ड्र का तीन भाग्यशाली उपहार विजेता घोषणा गरिएको छ।
भाग्यशाली उपहार अन्तर्गत निजगढ-६ का आयान्स खनालले पहिलो उपहार स्कुटर प्राप्त गरेका छन्। निजगढ-४ का कैलाश अधिकारीले दोश्रो उपहारस्वरूप रेफ्रीजेरेटर(फ्रीज) र निजगढ-५ का देव्यान्सु सापकोटाले तेश्रो उपहारस्वरूप गियरवाला साईकल प्राप्त गरेका छ्न्।
विजेताहरुलाई एक साताभित्र प्रमाणसहित उपहार दावी गर्न समितिले आग्रह गरेको छ। तेस्रो उपहार विजेता देव्यान्सुका बुवा सुरेश सापकोटाले भने सोमवार नै आफ्नो पुरस्कार लिईसकेका छन्।
५ नम्बर वडाका वडाध्यक्ष सुर्य थापा मगरको संयोजकत्वमा ५ सदस्यीय निर्णायक समिति घोषणा गरि मेलास्थलमा चिट्ठाका सहभागीहरुको उपस्थितिमा सोमवार बिहान १ बजे लक्की ड्र खोलिएको हो।
पारदर्शी भाँडोमा राखीएको कुपनको अर्धकट्टि ३ जना बालिकाहरुले पालैपालो निकालेका थिए।
समितिले मेलास्थलमा स्टल राखी ४ दिनसम्म कुपन बिक्रि गरेको थियो। एउटा कुपनको ३५० रुपैयाँ कायम गरिएको लक्की ड्र मा सहभागी हुन १५ सय जनाले कुपन खरिद गरेका समितिले जानकारी गराएको थियो। 
स्थानीय व्यवसायी नवराज मैनाली र सन्दीप भट्टराईको परिकल्पनामा उनिहरुकै नामको पहिलो अक्षरबाट एनएस लक्की ड्र सिजन १ कार्यक्रम तय गरिएको उनिहरुले बताए।
कार्यक्रम निर्धारित समयभन्दा ढिला भएको भन्दै चिट्ठाका सहभागीहरुले केही बेर विरोध गरेका थिए।सो क्रममा समिति र सहभागीबिच सामान्य विवाद हुँदा एकजना सहभागीले कुटाईसमेत खाएका थिए।
मेलाको अन्तिम दिन आईतवार ११ बजे चिठ्ठा खोलिने भन्दै कुपन बेचेको समितिले पूर्व तयारीको अभावमा करिब २ घण्टा ढिला चिठ्ठा खोलिएको थियो।



