पुस ७,हेटौंडा। मकवानपुरमा रुखको हाँगाले लागेर एकजनाको ज्यान गएको छ।
जिल्लाको राक्सिराङ गाउँपालिका-५ठाडे गाउँ बस्ने अन्दाजी ५०/५२ वर्षिय महादेव प्रजाको सिमलको रुखको हाँगा भाँचिएर लाग्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए।
सापकोटाका अनुसार आईतवार विहान १० बजेर ५० मिनेटको समयमा वडा नम्बर ३ स्थित सिमलडाँडा जंगलमा पानीको कुलो खनिरहेका प्रजालाई एक्कासि सिमलको हाँगो भाँचिएर लागेको थियो।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रजासहित ठाडे गाँउका ९/१० जना स्थानीयहरु त्यहाँ कुलो खन्न गएका थिए।
अन्यलाई भने हाँगोले नलागेको प्रहरी निरीक्षक सापकोटाले बताए।



