कार्तिक १९,हेटौंडा। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाइ मन्दिर नजिकै हेटौँडा–पथलैया सडक खण्डमा भएको सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

​आज साँझ अन्दाजी १७:३५ बजेको समयमा बीरगञ्जबाट धादिङ तर्फ आउँदै गरेको ना ६ ख १४५८ नम्बरको कोइला लोड ट्रक र हेटौँडाबाट रौतहट तर्फ जाँदै गरेको प्र.२-०३-००९ प ७९११ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो।

​दुर्घटनामा मोटरसाइकल चालक,रौतहटको चन्द्रपुर नगरपालिका–७ नयाँ बस्ती बस्ने अन्दाजी २१ वर्षका नन्द किशोर दासको दुवै हात, दुवै खुट्टा र मुखमा चोट लागी अवस्था मध्यम रहेको छ। उनको हाल जिल्ला अस्पताल हेटौँडा, मकवानपुरमा उपचार भइरहेको छ।

​त्यसैगरी, मोटरसाइकल पछाडि सवार जिल्ला सर्लाही बसवरिया गाउँपालिका–३ बस्ने अन्दाजी २१ वर्षका निराजन यादव शरीरको विभिन्न भागमा चोट लागि गम्भीर घाइते भएका थिए।

उनलाई  साँझ १८:३० बजे जिल्ला अस्पताल हेटौँडा पुर्याइएकोमा चिकित्सकले जाँच गर्दा साँझ १८:३९ बजे मृत घोषणा गरेका थिए।

​घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगञ्ज, बाराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाशकुमार खत्रीको कमाण्डमा ४ जनाको टोली घटनास्थलमा खटिई गई आवश्यक उद्धार कार्य गरेको थियो।

दुर्घटनामा संलग्न ट्रक र त्यसका चालक, जिल्ला मकवानपुर हेटौँडा उपमहानगरपालिका–५ कमाने बस्ने अन्दाजी ३० वर्षका दिपक घलेलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय