असोज १९, काठमाडौं । गोली लागेर घाइते भएकी प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको छ । उनी नौ दिन अघि पति लक्ष्मणको पेस्तोलको गोली लागेको अवस्थामा निवासमै घाइते अवस्थामा फेला परेकी थिइन् । असई चौधरी घरमा नभएका बेला पत्नी शर्मिलाले आफैंलाई गोली हानेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
लक्ष्मण चौधरी नेपाल प्रहरीका एक पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृत हुन्।



