असोज २१,हेटौंडा। मकवानपुर प्रहरीले नगद ८ लाख र लागु औषधसहित पाँच जनालाई पक्राउ गरेको छ । उनिहरुलाई मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ नयाँबस्तीबाट पक्राउ गरिएको हो । लागु औषधको कारोबार भएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाकोे कैलाश गाउँपालिका–८ वस्ने ३१ बर्षीय बिकास मोक्तान र ३५ बर्षीय रामबहादुर स्याङबो, मनहरी गाउँपालिका–४ रमनटारका ३० बर्षीय रामचन्द्र गोले र २० बर्षीय दालबहादुर मोक्तान तथा पर्साको ठोरी गाउँपालिका–८ का ३२ बर्षीय जितबहादुर चापागाइ रहेका छन्।
नयाँ बस्तीस्थित कच्ची बाटोमा प्रदेश ३–०३–००१ प ४५४१ नम्बरको मोटरसाइकल सहित बसिरहेका उनीहरुलाई ६०२ बोतल लागु औषध कोडिन फास्फेट, २० ग्राम चरेस र नगद ८ लाख सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय