असोज २९,काठमाडौ ।भ्रष्टाचार विरुद्धको अभियान थालेको `द डार्क फाईल´ ले विदेशमा रहने नेपालीहरुलाई रेमिटेन्स(विप्रेषण) नपठाउन आग्रह गरेको छ।
अभियानका संयोजक राजकुमार तिमल्सिनाले आगामी नोभेम्बर महिनाको १ तारीख देखि अत्यावश्यक खर्च बाहेक रेमिटेन्स नेपाल नपठाउन अनुरोध गरेका छन्।
संयोजक तिमल्सिनाले सामाजिक सञ्जालमा लेख्दै उपचार खर्च र बिद्यार्थीहरुको स्कुलको शुल्क बाहेक ऋण तिर्न, बैंकका किस्ता तिर्न, घरजग्गा खरिद गर्न ,गरगहना आदि किन्ने उदेश्यले रेमिटेन्स नपठाउन आग्रह गरेका हुन्।
तिमल्सिनाले यो सहयोगले भ्रष्टचारीहरूलाई राज्य सत्ताबाट लखेट्न करिब ३०% शक्ति प्रदान गर्ने भनेका छन्।
साथै उनले नेपाल भित्र रहेका आम नागरिकलाई पनि कुनैपनी कर नतिर्न अनुरोध गरेका छन्।
उनले मङ्सिर १ गतेबाट देशभरका भन्सार, मालपोत, यातायात कार्यालयहरू आदिमा कर नतिर्न समेत अपिल गरेका हुन्।
तिमल्सिनाले जारी गरेको सूचनामा कर नतिरेको सवालमा सरकारी कार्यालयहरूले जबरजस्ती गरेमा त्यसबाट हुने क्षतिको जिम्मेवार स्वयं कार्यालयका प्रमुखहरू र राजस्व शाखाका प्रमुखहरू हुने चेतावनीसमेत दिईएको छ।





