कार्तिक २६,हेटौंडा। मकवानपुरको उत्तरी क्षेत्र राक्सिराङमा भीरबाट लडेर एक वृद्धको ज्यान गएको छ।
ज्यान जानेमा गाउँपालिकाको वडा नम्बर -८स्थित रातोडाँडा बस्ने ८१ वर्षिय सिंहबहादुर ब्लोन छन्। ब्लोन सोमवार बिहान साँढे ११ बजे भीरमा रहेको अरेली काँडाको घाँस काट्ने क्रममा खुट्टा चिप्लिएर ८० मिटर जति तल खसेका थिए।
भीरबाट खसेका ब्लोन कराईरहेको सुनेपछी स्थानियले उद्वार गरि घरमा लगेका र उपचारका लागी अस्पताल तर्फ पठाउने तयारी गर्दगर्दै दिउँसो १ बजेर ४० मिनेटमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिएका छ्न्।
घटना बारे जानकारी पाएपछि प्रहरी टोली घट्नास्थल गई प्रारम्भिक अनुसन्धानको काम सकेर शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको डिएसपी अर्यालले बताएका छन्।



