कार्तिक २६,हेटौंडा। मकवानपुर प्रहरीले विभिन्न मुद्दाका ५ जना फरार प्रतिवादी पक्राउ गरेको छ।
जिल्ला अदालत मकवानपुर हेटौंडाले विभिन्न मितिमा फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना सजाय तोकिएका फरार प्रतिवादीहरुलाई हिजो पक्राउ गरि आवश्यक कार्वाहीका लागी जिल्ला अदालत पेश गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन्।
पक्राउ पर्नेहरुमा १ जना बालयौन दूर्वव्यहार, २ जना लागुऔषध तथा २ जना चेक अनादर कसुरका प्रतिवादी छन्। प्रहरीले अदालतले बाल यौन दुर्व्यवहार कसुरमा ३ हजार रुपैयाँ जरीवाना तोकिएका हेटौंडा–१९ का ५१ वर्षिय विष्णुप्रसाद लामिछानेलाई पक्राउ गरेको छ ।
त्यस्तै प्रहरीले लागुऔषध मुद्दाका हेटौंडा–१२ बस्ने २१ वर्षिय सजन विश्वकर्मा र ११ बस्ने वर्ष ३६ का सुरेश महर्जनलाई पक्राउ गरेको छ। अदालतले विश्वकर्मालाई १२ दिन कैद र महर्जनलाई २ लाख रुपैयाँ जरिवाना ताकेको थियो।
यसैगरी प्रहरीले चेक अनादर गरेको कसुरमा सजाय तोकिएका हेटौंडा–१२ की ४१ वर्षिय कल्पना आले मगर र हेटौंडा–१० का ५४ वर्षिय हिराकाजी श्रेष्ठलाई पनि पक्राउ गरेको छ। मगर र श्रेष्ठलाई जनही १÷१ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।



