कार्तिक २७,हेटौंडा। हेटौंडामा टायर पड्किँदा घाईते भएका ६ जना मध्ये एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको भोजपुर घर भै हेटौंडा थानाभर्याङ्स्थित टायर पसलका मिस्त्री बर्ष ३४ का मोहम्मद ऐजाज छन्। उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

मंगलवार बिहान हेटौंडा-११ थानाभर्याङस्थित टायर रिपियर पसल नजिक मधेश प्रदेश ०३-००२ख ०३०० नम्बरको पेट्रोल लोड भएको ट्याङ्करको टायर मर्मत गर्ने क्रममा टायर पड्किँदा मिस्री ऐजाजसहित वरिपरि रहेका ६ जना घाईते भएका थिए।

अन्य घाईते हुनेहरुमा सोही पसलका कामदार पर्साको धोबिनी गाउँपालिका-२ बस्ने बर्ष १८ का जाबिर हवारे,ट्याङ्कर चालक हेटौडा-११ स्मारक बस्ने बर्ष ३९ का देवान लामा,हेटौंडा-११ नवलपुरका वर्ष ४७ का मोहनलाल दुलाल, धादिङको धुनिबेशी नगरपालिका-२ भञ्ज्याङपोखरी बस्ने बर्ष २३ का उत्तम बस्नेत र धादिङको थाक्रे गाउँपालिका-८ बस्ने बर्ष ३८ का लक्ष्मण थापा छन्।

घाईतेहरुको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भएकोमा ट्यांकर चालक देवान लामा बाहेक सबैजनालाई डिस्चार्ज गरिएको मकवानपुर प्रहरीले जनाएको छ।

लामाको सोही अस्पतालमा उपचार भैरहेको छ। बायाँ हात र घुँडामा चोट लागेका उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय