मंसिर१८,हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका-४ स्थित अजिंगरेमा घरको एकतला माथीबाट खसेर एकजना मिस्री गम्भीर घाईते भएका छन्।

मंगलवार बिहान साँढे ८ बजे स्थानीय ज्ञानप्रसाद सुवेदीको निर्माणाधीन नयाँ घरको फर्मा निकाल्ने क्रममा भारतको रक्सौल घर भएका घर बनाउने मिस्री ३५ वर्षिय विकासकुमार एक तला माथिबाट खसेर घाईते भएका हुन्।

उनको टाउको र छातीमा गम्भिर चोट लागेकाले हेटौंडा अस्पतालमा उपचार पश्चात आजै साँढे ४ बजे तिर थप उपचारका लागी टिचिङ अस्पताल काठमाण्डौ पठाईएको मकवानपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय