मंसिर २२,हेटौंडा। हेटौंडामा शौचालयमा लडेर एक बालिकाको ज्यान गएको छ।
महोत्तरीको एकडारा गाउँपालिका-३अजमरपट्टि घर भै हेटौंडा-५ स्थित सिंचाइटोलमा डेरा गरि बस्ने रामजी मण्डलकी ५ वर्षिया छोरी सिरिषाकुमारी मण्डलको शौचालयमा लडेर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शुक्रवार राती साँढे ९ बजे शौचालय जाने क्रममा लडेर बालिका सिरिषाको टाउकोको भित्री भागमा गम्भीर चोट लागेको थियो।
घाईते सिरिषाको हेटौडा अस्पतालमा उपचारकै क्रममा राती ११ बजेर २० मिनेट जाँदा मृत्यु भएको र घटना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।



