मंसिर२३,हेटौंडा। मकवानपुरमा डाँडाबाट खसेर एक महिलाको ज्यान गएको छ।इन्द्रसरोवर गाउँपालिका-३ छुरीगाउँकी ५० वर्षिया शर्मिला डिमडुङको सोही पालिकाको वडा नम्बर ४ स्थित पौवा डाँडाबाट खसेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शनिवार बिहान कुलेखानी जान्छु भनी घरबाट हिँडेकी शर्मिला बेलुकासम्म घरमा नआएपछी आईतवार आफन्तले खोजतलास गर्दै जाने क्रममा डाडाँबाट लडि अन्दाजी ५० फिट तल खसि पौवाखोलामा मृत अवस्थामा फेला परेकी हुन्।
घटनाबारे फाखेल प्रहरीले आईतवार १ बजे जानकारी पाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। घट्ना सम्बन्धमा अनुसन्धान कार्य भईरहेको अर्यालको भनाई छ।



