मंसिर २७,निजगढ। मकवानपुरको बकैया गाउँपालिका-६ टिकुलेका एक युवा करेन्ट लागेर घाईते भएका छन्।

स्थानीय वर्ष २८का मनोज भोलन आफ्नै घर नजिकै रहेको ट्रान्समिटरको फ्यूज जोड्ने क्रममा करेन्ट लागी गम्भीर घाईते भएका मकवानपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भोलन बुधवार अपरान्ह साँढे ४ बजे तिर फ्युज जोड्छु भनि बिजुलीको पोलमा चढेका थिए।

गम्भीर घाईते भोलनलाई उनका मामाहरुले उपचारका लागी शुरुमा बाराको निजगढस्थित सिटि अस्पताल पुर्याएका थिए। त्यहाँबाट थप उपचारका लागी राती ११ बजे बीरगंजस्थित नेपाल मेडिसिटी वयोधा अस्पताल पुर्याएको प्रहरीले जनाएको छ।

मामा रामबहादुर गोलेका अनुसार भोलनको हात र खुट्टा करेन्ट लागेर जलेको छ।उनको अहिले अवस्था मध्यम रहेको गोलेले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय