मंसिर २८,हेटौंडा। मकवानपुरको राक्सिराङ -५ मा एक युवकको शव फेला परेको छ। राक्सिराङ-८ शिखरपुर ठेगाना भै बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२अमलेखगञ्ज बस्ने अन्दाजी २०/२१ वर्षका समीर सुनारको शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका लागी ३ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शुक्रवार बिहान सवा ६ बजे वडा नम्बर ५ को इन्चराङस्थित चैनपुरबाट काकडा जाने भित्री सडक खण्डमा समीरको शव फेला परेको हो।
खबर प्राप्त हुनासाथ प्रहरी टोलि घटनास्थलमा पुगि हेर्दा मृतकको टाउकोमा चोट देखिएको र नाक मुखबाट रगत बगेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। मृतकको शव हेटौडा अस्पतालमा रहेको छ।



