मंसिर२७,हेटौंडा। मकवानपुरमा शुक्रवार विहान एक घरमा आगलागी भएको छ। जिल्लाको राक्सिराङ गाउँपालिका-६ स्थित सिलाङ्गेका दुर्गालाल प्रजाको माटो र ढुंगाले बनेको घरमा आगलागी भएको मकवानपुर प्रहरीले जनाएको छ।

आगलागीबाट प्रजाको घरमा रहेको अन्नपात,लत्ताकपडा र भाँडावर्तन गरि ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहान ९ बजे खाना पकाउने क्रममा एक्कासी आगो सल्केर आगलागी भएको हो।

घटनामा कुनै मानवीय क्षती नभएको र आगो स्थानियबासिको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी चौकी कान्द्राङबाट अन्दाजी ३० कि.मी.पश्चिम तर्फ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय