पुस २,काठमाडौ। साइबर अपराधको कसुरमा जानुका पाठक भनिने सोभा पाठक पक्राउ परेकी छिन् ।

राजकुमार त्रिपाठीले साइबर अपराधको कसुरमा दिएको जाहेरीका आधारमा प्रहरीले सोमवार धादिङकी पाठकलाई जिल्ला अदालत काठमाडौँ परिसरबाट पक्राउ गरेको हो ।

मंसिर १२ गते प्रहरी बृत्त स्वयम्भूमा त्रिपाठीले उजुरी दर्ता गराएबमोजिम पाठकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘हामीकहाँ मंसिर १२ गते उहाँविरुद्ध साइबर अपराधको कसुरमा उजुरी परेको थियो । हामीले सोही दिन पक्राउ पूर्जी लिएका थियौँ । आज उहाँलाई पक्राउ गरेका हौँ ।’ स्वयम्भू वृत्तका डिएसपी उद्वव भाटले भने ।

उनले सामाजिक सञ्जालमा तथानाम गाली गर्दै लेखेको आरोप छ । पाठकले यसअघि एमाले नेता महेश बस्नेतविरुद्ध बलात्कार तथा भ्रुण हत्या गरेको अभियोगसहित प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय