पुस १३,हेटौंडा। मकवानपुरको थाहा नगरपालिकाका एक पुरुषको कुटपिटबाट मृत्यु भएको छ।

वडा नम्बर १० स्थित मुलगाउँका अन्दाजी ५३ वर्षिय हिराकाजी गोपालीको अर्का व्यक्तिको कुटपिटबाट मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गत ८ गते राती ८ बजेको समयमा आगो तापिरहेका हिराकाजीलाई सोही ठाउँका मदिरा सेवन गरेका अन्दाजी ४७ वर्षिय जयराम गोपालीले सामान्य विवादका क्रममा कुटपिट गरेका थिए।

कुटपिटका कारण टाउकोमा चोट लागी घाईते भएका हिराकाजीलाई उपचारका लागी काठमाण्डौ तर्फ पठाईएको थियो। उनको काठमाडौस्थित दीर्घायु अस्पतालमा उपचारकै क्रममा हिजो शुक्रवार मृत्यु भएको प्रहरीले जनाएको छ।

कुटपिट गर्ने जयरामलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय