पुस १५,हेटौंडा। मकवानपुरमा जंगली जनावरको आक्रमणबाट एक वृद्वाको मृत्यु भएको छ।

जिल्लाको मनहरी गाउँपालिका-५ की अन्दाजी ७२ वर्षिया कान्छीमाया रुम्बाको जंगली जनावरको आक्रमणमा परि मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आईतवार अपरान्ह ४ बजे घर नजिकै छिमेकीको बारिमा घाँस काट्न गएकी रुम्बा शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा मृत फेला परेकी थिईन्।

घाँस काट्न गएकी रुम्बा अबेरसम्म घरमा नआएपछी उनका आफन्तले खोजी गर्ने क्रममा घरबाट करिब ५ सय मिटर पूर्वतर्फ छिमेकीको बारिमा मृत फेला पारेका थिए।

घटनाको प्रकृति हेर्दा बाघको आक्रमणबाट उनको मृत्यु भएको जस्तो देखीएको प्रहरीले जनाएको छ।

घटनास्थल जिल्ला प्रहरी कार्यालय मकवानपुर,हेटौंडाबाट २५ किलोमिटर पश्चिम रहेको जनाईएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय