जेठ१,हेटौंडा।मोबाईलको चार्जरभित्र खैरो हिरोईन लुकाई ल्याउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका-५ का २० वर्षिय करण राय र २९ वर्षिय उपेन्द्र रायभर छन्।
उनिहरु बुधवार दिउँसो पर्यटक बसमा सवार भई वीरगंजबाट हेटौंडातर्फ आउँदै गर्दा १८ ग्राम १५० मिलिग्राम खैरो हिरोईनसहित हेटौंडा-१५ स्थित रातोमाटे चेकपोष्टबाट पक्राउ परेका प्रहरीले जनाएको छ।

म१प २१८ नम्बरको बसमा आएका उनिहरुलाई प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले शंका लागी बसबाट ओराली खानतलासी लिएको थियो।
करणले बोकेको झोला भित्र रहेको भिभो लेखिएको मोवाईल चार्जरभित्र लुकाई छिपाई ल्याईएको अवस्थामा उक्त लागूऔषध खैरो हेरोईन फेला परेको प्रहरीले जनाएको छ।
उनिहरुलाई नियन्त्रणमा लिई लागूऔषध कसुर मुद्धामा जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।




