असार ११, काठमाडौं। ​विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अर्को सूचना नभएसम्मका लागि निलम्बन गरेको छ।

फिफाले जुन २४, २०२६ मा जारी गरेको सर्कुलर नम्बर १९६७ मार्फत एन्फाको निलम्बनबारे जानकारी दिएको हो।

​फिफा काउन्सिलको ब्युरोले जुन २४, २०२६ मा गरेको निर्णयअनुसार फिफा विधानको धारा १६ को आधारमा एन्फालाई निलम्बन गरिएको जनाएको छ।

यस निर्णयसँगै जुन २४, २०२६ देखि लागू हुने गरी एन्फाले फिफा विधानको धारा १३ मा उल्लेखित आफ्ना सबै सदस्यता अधिकारहरू गुमाएको छ।

​निलम्बनका कारण एन्फाका प्रतिनिधि तथा क्लबका टोलीहरूले निलम्बन फुकुवा नभएसम्म अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिन पाउने छैनन्।

साथै, एन्फा वा त्यसका कुनै पनि सदस्य तथा पदाधिकारीहरूले फिफा वा एएफसीबाट प्रदान गरिने कुनै पनि विकास कार्यक्रम, कोर्ष वा तालिमबाट लाभ लिन पाउने छैनन्।

यसबाहेक, फिफाले अन्य सदस्य राष्ट्र तथा सम्बद्ध निकायहरूलाई एन्फा निलम्बनमा रहेका बेला एन्फा वा त्यसका टोलीहरूसँग कुनै पनि प्रकारको खेलकुद सम्पर्क नराख्न सचेत गराएको छ।

​यद्यपि, फिफाले अर्को फिफा कंग्रेस सुरु हुनुभन्दा अघि जुनसुकै समयमा पनि यो निलम्बन फुकुवा गर्न सकिने जनाएको छ र त्यस्तो अवस्थामा फिफाले सम्बन्धित निकायहरूलाई जानकारी गराउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय