कार्तिक १४,हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका वडा नं. ५ तिनतल्ले फास्टट्र्याक नजिक मदनभण्डारी लोकमार्गमा डिजेल लोड गरिएको ट्याङ्कर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

​प्रहरीका अनुसार हिजो शुक्रबार साँझ अन्दाजी साँढे ७ बजे हेटौँडाबाट हात्तिसुँतढेर्फ जाँदै गरेको ना ६ ख २९४९ नम्बरको डिजेल लोड ट्याङ्कर अनियन्त्रित भई सडकको बायाँ साइडमा कोल्टो परेर पल्टिएको थियो। दुर्घटनामा परेर ट्याङ्करले च्यापिएको अवस्थामा चालक फेला परेका थिए।

​घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी गरगरेबाट प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो। साथै, जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय पशुपतिनगर र फापरबारीबाट समेत थप प्रहरी टोली उद्धारका लागि पुगेको थियो।

​राति अन्दाजी १० बजे ट्याङ्करले च्यापेको अवस्थामा फेला परेका चालकलाई बाहिर निकालिएको भए पनि उनको घटनास्थलमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

​मृत्यु हुनेमा जिल्ला सिन्धुलीको घ्याङ्लेख गाउँपालिका वडा नं. २ बस्ने अन्दाजी ४० वर्षका रमेशकुमार रायमाझी रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय