असोज १, पाल्पा । पाल्पामा तीजको अवसरमा भएको नाचगानमा युवाहरुबीच झगडा हुंदा एक जना युवाको हत्या भएको छ । तिनाउ गाउपालिका–२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार आइतबार राति साढे १२ बजे ती युवकमाथि चक्कु प्रहार भएको थियो । गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा राति पौने दुई बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
महिला नाचिरहेका बेला युवाहरुबीच झगडा भएको थियो। झगडाले उग्ररुप लिएपछि चक्कु प्रहार हुंदा खत्रीको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चन्दले बतए ।
हत्याको आरोपमा ४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको भएपनि प्रहरीले थप विवरण खुलाएको छैन ।



