असोज२,हेटौंडा । हेटौंडामा २१औँ स्व.लक्ष्मिमाया बज्राचार्य स्मृति जिल्ला स्तरीय खुल्ला रनिङ शिल्ड भलिबल प्रतियोगिता हुने भएको छ।जेसिआई बसामाडिको आयोजना र स्वर्ण भण्डार(ज्योतिरत्न बज्राचार्य) द्वारा प्रायोजित प्रतियोगिता आगामी असोज २४ देखि २७ गतेसम्म हुप्रचौर स्थित भलिबल मैदानमा हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो।प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई क्रमशः साठ्ठी र तीस हजार नगदका साथै शिल्ड,प्रमाणपत्र प्रदान गरिनेछ भने अन्य विभिन्न बिधामा पनि पुरस्कार प्रदान गरिने जेसीआई बसामाडीका अध्यक्ष जनक भण्डारीले बताए।
प्रतियोगितामा सहभागी हुन चाहने टिमले असोज २२ गते बेलुकी ५ बजेसम्म आफ्नो टिम दर्ता गराईसक्नुपर्ने आयोजकले जनाएको छ ।टिम दर्ता तथा प्रतियोगिता सम्बन्धि अन्य जानकारीको लागि मानुषी युनिफर्म हाउस हेटौंडा -४ मा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ। थप जानकारीका लागी जेसि मनिष घिमिरे ९८५५०६९३४४,जेसि रमेश शर्मा ९८६४७७७४५६ र जेसि बासुदेब तिमल्सिना ९८०२०४२६९७ लाई सम्पर्क ब्यक्ति तोकिएको छ।
विभिन्न संघसंस्था,कलेज तथा क्लबगरी १५ ओटा टिमले सहभागिता जनाउने आयोजकले अनुमान गरेको छ।



