असोज १२,दमक।जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीलाई हाफ पेन्ट र स्कर्ट लगाउन प्रतिबन्ध गरेको छ।कार्यालयले सेवाग्राहीका नाममा एक सूचना जारी गर्दै उक्त प्रतिबन्ध लगाएको हो।’पुरुषहरुको हकमा हाफ पेन्ट र महिलाहरुको हकमा मिनिस्कर्ट जस्ता भड्किला,अस्वभाविक र असभ्य देखिने पोशाक लगाएर कार्यालय परिसर भित्र प्रवेश गर्न रोक लगाईएको’ सूचनामा उल्लेख छ।
सेवा लिन आउने सबैले अनिवार्यरुपमा स्वभाविक र सभ्य पोशाक लगाएर आउन कार्यालयले अनुरोध गरेको छ।




