असोज १८,निजगढ। बारामा प्रभावशाली मानिने जनमत पार्टीका नेता शिवचन्द्र कुशवाह(जमिन) नेकपा एमालेमा प्रवेश गरेका छन् । गत वैशाखमा भएको उपचुनावताका उनी माओवादी केन्द्र छाडेर जनमतमा प्रवेश गरी बारा– २ को उपचुनावमा उम्मेदवार बनेका थिए । तर उनी गठबन्धनका उम्मेद्वार एवं जसपा अध्यक्ष उपेन्द्र यादवसँग पाँच हजार ८१  मतान्तरले पराजित भएका थिए ।
एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच कुशवाहा एमाले प्रवेश गरेका हुन् । कुशवाहासंगै माओवादी केन्द्र परित्याग गरी ५० जना भन्दा नेताकार्यकर्ता एमाले प्रवेश गरेका छन्।

कुशवाहलाई अध्यक्ष राउतविरुद्ध अभिव्यक्ति दिएको भन्दै जनमत पार्टीले साउन ३ गते साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको थियो । उपनिर्वाचन पछि राउतसंग असन्तुष्ट रहदै आएका कुशवाहा दल परिवर्तन नगर्ने प्रतिवद्धतासहित एमाले प्रवेश गरेका हुन् । जनयुद्ध अगाडी आफू एमालेमै रहेको बताउदै कुशवाहाले ३० वर्षपछि आफ्नै घर फर्किएको समेत बताएका छन् । उनले माओवादीभित्र रहेका एमालेका पूर्वकार्यकर्तालाई एमालेमै फर्काउने अभियानमा आफू सक्रिय भएर लाग्ने समेत बताए ।
यसअघि मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बनेका कुशवाहा हालका उपराष्ट्रपति रामसहाय यादवसंग तीन सय ५४ मतकोझिनो मतान्तरले पराजित भएका थिए ।
कुशवाहा २०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसयताका निर्वाचनमा उनि पराजित हुँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय