असार ३,हेटौँडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालु आव २०८०÷८१ को जेठ मशान्त सम्ममा कुल २३७ जनालाई फैसला कार्यान्वयन गराएको विवरण सार्वजनिक गरेको छ।प्रहरीले विभिन्न अभियोग लागेका १९७ जना पुरुष र ४१ जना महिलालाई पक्राउ गरी फैसला कार्यान्वयन गराएको विवरणमा उल्लेख छ।
१९७ जना पुरुष अभियुक्तहरुको कैद जोड्दा कुल ९३ वर्ष ५ महिना १ दिन तथा ४१ जना महिलाहरुको १४ वर्ष ११ महिना २८ दिन गरि कुल १०८ वर्ष ४ महिना २९ दिन कैद सजाय हुन आउने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन्।
साथै पुरुष अभियुक्तबाट २९ लाख ८१ हजार ५६७ र महिला अभियुक्तबाट ९ लाख ५१ हजार २५४ गरि कुल ३९ लाख ३२ हजार ८२२ रुपैयाँ जरिवाना असुल हुने पनि प्रवक्ता भण्डारीले जनाएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय